दुलेगौडा । समाजसेवी भक्त बहादुर रिमालको निधन भएको छ ।
साविक दुलेगौडा गाउँ विकास समितिको निर्वाचित अध्यक्ष भएका रिमाल शुक्लागण्डकी क्षेत्रकै सम्मानित समाजसेवी थिए । यस क्षेत्रका शिक्षा तथा स्वास्थ्य लगायतका विकासको क्षेत्रमा विकासका लागि हरेक समय अनवरत लागेका समाजसेवी रिमालको ७८ वर्षको उमेरमा निधन भएको छ ।
खैरेनी माविको शिक्षक, पञ्चमुनीदेव मावि र भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष समेत भएर सेवा गरेका रिमालले सेति गंगा अस्पताल स्थापना गर्न समेत महत्वपुर्ण भूमिका खेलेका थिए । केही समय अघिदेखि श्वास प्रश्वास रोगका कारण घरमै आराम गरिरहेका रिमाललाई थप उपचारको लागी अस्पताल लगिएको थियो । सरल, स्वच्छ र ईमान्दार व्यक्तित्व वनाएका समाजसेवी रिमालको निधन आईतवार वेलुका ५ बजे पोखरा स्थित मणिपाल अस्पतालमा निधन भएको हो । रिमालको पार्थिव शरिरलाई सोमवार विहान ९ बजे शुक्लागण्डकी २ हलेदी स्थित सेति नदीमा अन्तेष्टी गरिने भएको छ ।