काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात भएको छ ।
उक्त सेवा लिनका लागि नि:शुल्क कल सेन्टर १११५ मा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर तपाईंले आफ्नो गुनासो पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिन सकिनेछ । हेल्लो स्वास्थ्य : गुनासो पठाउनुहोस्, हामी समाधान खोज्नेछौं भन्ने नाराका साथ उक्त सेवा शुरु गरीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सेवाका लागि WhatsApp र Viber नम्बर: ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्विटर) : @mohpnep, इमेल [email protected] साथै सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा तपाईंले आफ्नो गुनासो पठाउन सकिनेछ ।
स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउने हाम्रो प्रयासमा तपाईंबाट रचनात्मक प्रतिक्रियाको अपेक्षाका साथ उक्त सेवा शुरु गरीएको मन्त्री पौडेलले वताए ।