दुलेगौँडा । दुलेगौँडा लामागाउँ मोटर मार्ग स्तरोन्नती (दुलेगौँडा-लिलाचोक खण्ड), शुक्लागण्डकी नगरपालिका वडा नं. ४, ८, ९ र १२, तनहूँ कार्यको दुलेगौँडा खैरेनीटार हेल्थपोष्ट चोक देखि पुलचोक नयाँ पुल सम्मको बाटोको खण्डमा निर्माण कार्य भैरहेको हुदाँ सवारी साधन आवत जावत गर्नको लागि असुरक्षित देखिएको साथै निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न र निर्माण कार्यलाई तीब्रता दिनको लागि उक्त सडक खण्ड मिति २०८१ साल पौष महिनाको ६ गते शनिबार देखी अर्को सुचना जारी नभएसम्मको लागि सडक अवरुद्ध हुने भएको छ ।
नगरपालिकाको सूचना अनुसार उक्त अवधिमा बैकल्पिक बाटोको रुपमा ढोरबाराही मोटर मार्ग (गाछेपानी-पुरानो पुल-तिब्बतियन क्याम्प) प्रयोग गर्न अनुरोध गरिएको छ ।
२७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ रुपैयाँमा सम्झौता भई निर्माण शुरु भएको नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको उक्त योजना दुलेगौंडा पृथ्वीराजमार्ग विपीचोकबाट शुरु भई वडा नं. १२ को लिाचोकसम्म निर्माण हुदैछ । विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना अन्तर्गत सञ्चालित सडक आयोजना दुलेगौंडा लामागाउँ मोटर मार्ग अन्तर्गत पर्दछ । योजनाले ७.२ किलोमिटर सडकको स्तरोन्नती सहित कालोपत्रे गरिने ईन्जिनियर तारापति भट्टराईले वताए ।