दुलेगौंडा । भ्याली युवा क्लबले फुटबल खेलाडी परेस सुनारलाई आर्थिक सहयोग गरेको छ ।
क्लबबाट मजुवामा भएको दशै कप खेल्ने क्रममा घाइते भएका परेसकाे उपचारमा रहात हाेस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको क्लबका सचिव सुमन श्रेष्ठले बताए ।
मंसिर ३० गते सम्पन्न भएको प्रथम नर्सरी कपमा दाेस्राे भएपछि जितकाे रकम मध्यबाट १५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको श्रेष्ठको भनाइ छ । क्लबका विश्वासिलो खेलाडी रहेका परेसलाई नर्सरी कपकाे फाइनल खेलमा खेलाडीहरूले सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै चाडैं मैदानमा भट्ने छाैं भन्दै उनलाई सम्झना व्यक्त गरेका थिए ।
घाइते परेसकाे उपचार पाेखरा स्थित फिस्टेल हस्पिटलमा भएको थियाे । अहिले उनी घरमा नै आराम गरिरहेका छन् ।