दुलेगौंडा । नेपाल पुलिस स्कुल बेलचौतारामा यही मंसिर २१ गतेदेखि २३ गतेसम्म शुक्लागण्डकी नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै छ । शुक्लागण्डकी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी पुरा भएसंगै प्रतियोगितात्मक कार्यक्रम सुरु हुन लागेको हो ।
खेलकुलको माध्यमद्धारा विद्यार्थीको सर्वाङ्गीण विकास गराउनका लागि रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका शिक्षा अधिकृत शुसिल नरालले बताए ।
विद्यार्थीहरु दौड, हाइजम्प, त्रिपलजम्प, ज्याभलिङ्ग थ्रो, सटफुट, भलिबल र कबड्डी खेलमा सहभागिता जनाउने छन् । छात्र, छात्रा तर्फको खेलकुद प्रतियोगितामा विद्यार्थीले ३० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
यसअघि भएको पाँचौं शुक्लागण्डकी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयले १२ स्वर्ण, ७ रजत र २ कास्य पदक सहित उपाधि चुमेको थियो ।