शुक्लागण्डकी नगरपालिका, ६ नं वडा कार्यालय, खैरेनीटारको आयोजना तथा लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्स र लियो क्लब अफ खैरेनीटार दुलेगौडा मन्त्रको सहआयोजना एवं मणिपाल शिक्षण अस्पताल पोखराको प्राबिधिक सहयोगमा खैरेनीटारमा आखा शिविर सम्पन्न भएको छ ।
खैरेनीटार आर्युर्वेदको कार्यालयमा सम्पन्न उक्त शिविरमा ३६९ जनाले सेवा प्राप्त गरेको शुक्लागण्डकी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बुद्धी बहादुर थापाले वताए । शिविरमा चस्मा र औषधी समेत नि:शुल्क बितरण गरिएको थियो ।