दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा यही मंसिर २९ र ३० गते दोस्रो शुक्लागण्डकी मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरका व्याडमिन्टन खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको शुक्लागण्डकी व्याडमिन्टन संघका सचिव बरदान क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा तीन विधामा हुदै छ । जहाँ खुला ‘बि’ लेवल, ५० बर्ष माथिको खुला भेन्ट्रान्स र तनहुँ जिल्ला स्तरीय ‘सि’ लेवल व्याडमिन्टन प्रतियोगिता हुने छ । खुला ‘बि’ लेवल र ५० बर्ष माथिको खुला भेन्ट्रान्स व्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्धितीय हुनेले २० हजार र तृतीय हुनेले समान १०/१० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरी तनहुँ जिल्ला स्तरीय ‘सि’ लेवल व्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुने दुई टिमले समान ५/५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।