दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे चुनाब राेचक हुने देखिएको छ । अध्यक्ष पदमा सुजित हिराचन र समुन्द्रराम श्रेष्ठले उम्मेदवारी दिएसंगै चुनावी माहोल तातेकाे देखिन्छ ।
श्रेष्ठ प्यानलमा बरिष्ठ उपाध्यक्ष तर्फ सुमन सापकोटा, बाणिज्य उपाध्यक्षमा प्रकाश थापा, उद्याेग उपाध्यक्षमा देबेन्द्रबहादुर ढुङ्गाना, महासचिवमा पूर्णबहादुर कायस्थ, उपमहासचिव मित्रबन्धु पाैडेल र काेषाध्यक्षमा रजनि थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी हिराचनकाे प्यानलमा बरिष्ठ उपाध्यक्ष तर्फ नारायण कुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा आनन्द सुन्दर श्रेष्ठ, उद्याेग उपाध्यक्षमा प्रेम बहादुर श्रेष्ठ, महासचिवमा सुजन श्रेष्ठ, उपमहासचिव विर्सना श्रेष्ठ र काेषाध्यक्षमा कमल गैह्रेले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी सदस्यहरूमा सदस्यहरूमा राज बहादुर थापा, गिरी बहादुर थापा, अमृत घिमिरे, पिताम्बर तिम्सिना, भुपेन्द्र रिमाल, होमराज पोखेल, विमल वाँनिया क्षेत्री, वर्म कुमार श्रेष्ठ, बुद्धी बहादुर खत्री, देवीभक्त राणा, अर्जुन सापकोटा, ऋषिराम महत, गम बहादुर केसी, निलम विश्वकर्मा, विधान गुरुङ्ग, राजेन्द्र पौडेल, तिल बहादुर कार्की, मिलन खनाल लामगादे, सन्तोष कुमार श्रेष्ठ, राज कुमार खड्का र उपेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी महिला सदस्यमा, जोसिला थापा, केवति श्रेष्ठ, रिता अधिकारी, वसन्ता कुमारी श्रेष्ठले उम्मेदवार दर्ता गराएका छन् भने
एसाेसिर्यट सदस्यमा विपिन वाग्लेकाे मात्रै उम्मेदवारी परेकाे हुदाँ उनी स्वत चयन भएका छन् ।
संघकाे चुनाबकाे लागि असाेज ३० गते उम्मेदवारी उपर दाबी बिराेध, कार्तिक २ गते उम्मेदवारी फिर्ता, कार्तिक ३ गते अन्तिम नामावली प्रकाशन र साेही दिन दिउँसो ३ बजेबाट ६ बजेसम्म चुनाव हुने निर्वाचन समितिका संयाेजक भानुभक्त सुवेदीले बताए ।