दुलेगौँडा । मंगलबार शुक्लागण्डकी नगरपालिकाका १२ सहित तनहुँमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १६ जना महिला र १४ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
शुक्लागण्डकीमा २५जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिए । श्रीबास्तबका अनुसार संक्रमित मध्य ३ जना महिला र ९ जना पुरुष रहेका छन् ।
जिल्लाभरी ९७ जनाको पिसिआर तथा एन्टिजेन परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ६ हजार ४ सय ३० पुगेको छ भने निको हुनेको संख्या ६ हजार ६४ रहेको छ । अहिले जिल्लामा २ सय ९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वस्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।