दुलेगौडा । लियो क्लव अफ दुलेगौडा खैरेनी सिटी लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटीको आयोजनामा एवं हिमालय आखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन भएको नियमित आँखा शिविरमा जनाले सेवा लिएका छन् ।
जिपि काेईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र वेलचौतारामा सम्पन्न भएको शिविरमा नियमित रुपमा हिमालय आँखा अस्पताल पोखराले प्राविधिक सहयोग गर्दै आईरहेको छ । आँखा सम्वन्धी चेक जाँच पछी आवश्वकता अनुसार विरामीलाई थप उपचारका लागि पोखरा रिफर गरिने र शिविरबाट जाने विरामीहरुलाई अस्पतालले छुटमा उपचार गर्ने समेत लियो क्लव अफ दुलेगौडा खैरेनी सिटिका अध्यक्ष विवेक वाग्लेले वताए ।
विगत १० वर्षदेखि निरन्तर लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटीले आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ। यो शिविर हरेक महिनाको ८ गते जिपि काेईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र वेलचौतारामा हुने गरेको छ।