दुलेगौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) शुक्लागण्डकी नगर समितिकाे अध्यक्षमा अनिसा गाैतम चयन भएकी छिन् । अखिल क्रान्तिकारी शुक्लागण्डकीकाे प्रथम अधिवेशनले गाैतमकाे अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।
उपाध्यक्षमा किरण खाड, सचिवमा सुवास सेजुवाल, सह सचिवमा जिहान गुरूङ, काेषाध्यक्षमा शिखा माया गुरूङ चयन चयन चएका छन् ।
यसैगरी सदस्यमा दीक्षा गाैतम, अरूण भट्ट, गाेपाल गिरी, अस्मिता सिग्देल, पविन परियार, विपन थापा, आयुस गुरूङ, लक्ष्मण गुरूङ, आयुसा रसाइली, आशिका विक, समीक्षा सुनार चयन भएकी छन् ।
कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री आशा काेइरालाले युवाहरू देशमा नै बस्ने वातावरण सिर्जना गर्न सरकार लागि पर्नुपर्ने बताए । साथै युवाहरूले पनि देशमा नै अवसर खाेज्न आवश्यक रहेको उनकाे भनाइ छ ।
कार्यक्रममा माओवादी केन्द्रका तनहुँ जिल्ला अध्यक्ष मदन आले मगर, शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरूङ, वाइसीएल गण्डकी अध्यक्ष शरन सापकोटा, माओवादी नेता विश्वजित गाैतम, जाैमाया बराल, मिलन महत लगायतको उपस्थिति रहेको थियाे ।