दुलेगौडा । श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको आयोजनामा च्यवनधाम तथा गौ संरक्षण केन्द्रको सर्वाङ्गीण विकासका लागी सञचालन गर्न लागीएको धार्मिक महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललेबाट हुने भएको छ । साउन २१ देखि २८ गते सम्म सञ्चालन हुने धार्मिक अनुष्ठानको उद्घाटन साउन २१ गते सोमवारका दिन हुनेछ ।
धार्मीक, साँस्कृतिक तथा पर्यटकीय गन्तव्यको पहिचान वनाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा यही साउन २१ देखि २८ सम्म हुने धार्मिक महोत्सवमा प्रमुख कथा वाचकका रुपमा बालकृष्ण अर्याल रहेका छन् । महोत्सवको समयमा शिव महिमा कथा वाचन, हरेक दिल साँझ महाआरती, धार्मिक गीति नाटक, भजन किर्तन लगायतका धार्मिक अनुष्ठान गरिनेछ आयोजकले जनाएको छ ।
धार्मीक महाेत्सवको तयार अन्तिम चरणमा पुगेको मुल समारोह समितिका संयोजक नारायण श्रेष्ठले वताए । च्यवनधामले हरेक बर्ष साउन महिनमा शिव महिमा वोलवम महोत्सवकी आयोजना गर्ने गरेको छ ।