दुलेगौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको शुक्लागण्डकी नगर कमिटी अध्यक्षमा रघुनाथ पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् ।
एमालेको दोस्रो नगर अधिवेशन जेठ २३ र २४ गते भएको थियो । अधिवेशनमा अध्यक्ष पदमा पौडेल सहित दुर्गाकुमार श्रेष्ठ, देवबहादुर गुरुङ र रामकुमार श्रेष्ठको उम्मेवारी परेको थियो । त्यसपछि सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्ने अवस्था आएपछि २९ गते निर्वाचन मिति तोकेको थियो । अन्तिम दिन अध्यक्षका बाँकी उम्मेद्धाराले उम्मेद्धारी फिर्ता लिएसंगै पौडेल को अध्यक्षतामा ६७ सदस्यीय कार्य समिति चयन भएको छ ।
यसैगरी नगर कमिटी उपाध्यक्षमा लोकनारायण श्रेष्ठ, सचिवमा तिर्थराज खनाल, उपसचिवमा सुरेन्द्रकुमार तामाङ र महिला उपसचिवमा सानुमाया महत चयन भएकी छिन् ।