दुलेगौंडा । तनहुँकाे भिमादमा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । याे प्रतियोगिता तनहुँमा पहिलो पटक हुन लागेको हाे । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको हाे ।
प्रतियोगिता जेठ २५ र २६ गते तनहुँको भिमादमा हुने प्रदेश सदस्य तथा कार्यक्रम व्यवस्थापक विशाल बुढामगरले जानकारी दिए । जहाँ ३६ स्वर्ण,३६ रजत र ७२ काश्य गरि १ सय ४४ पदकका लागि पुरुष स्पाईरिङ तर्फ २० देखि ८५ केजि तौल समुहमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ २० देखि ६५ केजि समुहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरि महिला तथा पुरुष प्याट्रन तर्फ हरियो,निलो,रातो कलर वेल्ट तथा प्रथम,दोस्रो र तेस्रो डान समुहमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा तनहुँ , बाग्लुङ , कास्की , पर्बत , स्याङ्जा , नवलपुर , लमजुङ लगाएत सात जिल्लाका खेलाडीहरुले सहभागिता रहने गण्डकी प्रदेश तेक्वान्दो संघका सदस्य उत्तम थापाले बताए । प्रत्येक सहभागि जिल्लाबाट ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरि २ सय ५० भन्दा बढीको सहभागिता हुने छ ।