दुलेगौंडा । कतारको राज अर्थात राष्ट्र प्रमुखसमेत रहेका शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा सरकारले भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।
साेमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका कतारी राजाको सम्मानमा भोलि सार्वजनिक बिदा दिने निर्णय हाे । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजाको भ्रमण हुन लागेको हो । यो कतारी राजाको पहिलो नेपाल भ्रमण पनि हो । कतारी राजासँगै मन्त्रीहरू पनि नेपाल भ्रमणमा आउँदैछन् ।