तनहुँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा शुक्रबार नेपालले चिर प्रतिद्वन्दी युएईको सामना गदै छ ।
ओमानले कुवेत विरुद्ध जित निकालेपछि युएई ६ अंक सहित समूह उपविजेता बन्दै समुह ‘ए’ को विजेता नेपालसंग सेमिफाईनल खेल्ने पक्क भएको हो । गत संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक भने सेमिफाइनलमा नै भिड्न लागेका हुन् ।
यस्तै ओमानले भने हङकङको सामना गर्नेछ । ओमान समूह ‘बी’ विजेता र हङकङ समूह ‘ए’ को उपविजेता रहेको थियो ।
नेपाल र युएई बीचको पहिलो सेमिफाइनल आज बिहान नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ । ओमान र हङकङ बीचको खेल सोही दिन दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।