भिमाद । राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले आयोजना गरेको वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि घिरिङ गाउँपालिका–५ ले हात पारेको छ ।
सोमबार भएको फाईनल खेलमा घिरिङ–५ ले शुक्लागण्डकी नगरपालिका–१२ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । जहाँ घिरिङ–५ ले शुक्लागण्डकी–१२ लाई पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २८–२६ अङ्कको अन्तरले पारजित गरेको थियो ।
जितसंगै घिरिङ–५ ले नगद ७० हजार र उपविजेता शुक्लागण्डकीले नगद ४० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रप्त गरेको छ ।
यसैगरि प्रतियोगितामा भिमाद–१ र भिमाद ४ ले सान्त्वना स्थान हासिल गरेको छ । सान्त्वना हुने दुई टिमले नगद १० हजारसाथमा शिल्ड मेठल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता समुहलाई राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन गिरी, भिमाद नगरपालिका उपप्रमुख शारदा खनाल लगायतले प्रदान गरेका थिए । प्रतियोगितामा भिमाद, शुक्लागण्डकी, म्याग्दे, हरिनास, घिरिङ र चापाकोटबाट गरी २० वडाको सहभागीता रहेको थियो ।