मान्द्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेमा साविक गाँउ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दिपेन्द्र स्मृती युवा क्लबले मान्दे्र संस्कृतिक मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो
स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गरी रष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने हेतुले भलिबल प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक निशान थापा मगरले बताए । उनका अनुसार मेलामा भलिबल संगै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, लोकल ब्याडको प्रस्तुति, कौराहा नृत्य, घैटो फुटाई प्रतियोगिता लगायतका कार्यक्रम हुने छ ।
भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, द्धितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार साथम शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै विधागत रुपमा बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेस्ट ब्लकर, बेष्ट सेटर र बेष्ट स्पाईकरलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ ।