दुलेगौंडा । शुक्लागण्डकी ७ सेराटारमा रहेको कुश्मावती आधारभुत बिद्यालयले तनहुँमा पहिलो पटक ह्याकथुन आयोजना गर्न लागेको छ ।
बिद्यालयको आयोजनामा यहि फागुन ७ गते शुक्रबार उक्त ह्याकथुन आयोजना गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक सिता कुमारी गिरीले बताइन । २१ औ सताब्दीका विद्यार्थीका लागी सूचना र प्रबिधिमा अगाडी बढाउनका लागी पहिलो पटक फरक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताईन ।
उक्त ह्याकथुनमा कम्प्युटर प्रोग्राम, फ्लो चार्ट, एल्गोरिदमको बारेमा जानकारी गराईनुका साथ साथै कम्प्युटर सम्बन्धी रचनात्मक विचार, उत्पन्न गराउने र आलोचनात्मक सोचको विकास गराउने बताईएको छ ।