घरेडी । शुक्लागण्डकी नगरपालिका-१२ घरेडीमा ३२ ओैं श्रीपञ्चमी मेलाकाे अवसरमा आयाेजना गरिएको वडास्तरीय पुरूष भलिबल प्रतियोगिताकाे उपाधि सनराइज युवा क्लब माेहाेरीयाले हात पारेको छ ।
बुधबार भएको फाइनल खेलमा सनराइजले आयाेजक मिलिनियम युवा क्लबलाई २-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेको हाे । जहाँ सनराइजले आयाेजकलाइ २६-२४ र २५-२१ काे सेटमा पराजित गरेको थियाे । यसैगरी प्रतियोगितामा एकता युवा क्लब, लालिम तृतीय भएको छ ।
जितसँगै सनराइजले नगद ४१ हजार, उपविजेता आयाेजकले नगद २६ हजार र एकता युवा क्लबले नगद १६ हजार साथका शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेतालाई मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्कबहादुर गुरूङ, अध्यक्ष शिभप्रसाद गुरूङ(नवीन), कार्यक्रम संयाेजक सुदिप गुरूङ, टुकबहादुर गुरूङ लगायतले पुरस्कार वितरण गरेका थिए ।