दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एकता टोल (लालिम)मा भएको दोस्रो संस्करणको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दस्घा युवा क्लबले हात पारको छ ।
आईतबार भएको फाईनल खेलमा दस्घाले बरहाडाडाँ युवा क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । जहाँ दस्घाले २५–१५ र २५–१९ को सेटमा पराजित गरेको थियो । यसैरी प्रतियोगितामा आयोजक एकला युवा क्लब तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम हुने दस्घाले नगद ३० हजार, द्धितीय हुन सफल बरहाडाडाँले नगद २० हजार र तृतीय हुन सफल आयोजकले नगद १० हजार साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा बेष्ट प्लेयर बिकाश बि.क, बेष्ट स्पाईकर दिवान गुरुङ र बेष्ट सेटर भरत सुनार घोषित भए । विजेतालाई शुक्लागण्डकी–८ का वडाध्यक्ष नारायण सिं थापा, पूर्व वडाध्यक्ष कृष्णप्रसाद रेग्मी लगायतले सम्मान गरेका थिए । प्रतियोगिता माघ २२ गतेदेखि २८ गतेसम्म एकता टोल खेलमैदानमा सञ्चालन भएको थियो ।