दुलेगौंडा । तेस्रो तनहुँ जिल्ला स्तरीय आइ.टि.एफ तेक्वान्दो प्रतियोगितामा शुक्लागण्डकी दोजाङ टिम च्याम्पियन बनेको छ । तनहुँ आइ.टि.एफ तेक्वान्दो संघको आयोजनामा सम्पन्न प्रतियोगितामा शुक्लागण्डकीले १२ स्वर्ण, ९ रजत र ९ कास्य पदक सहित टिम च्याम्पियन बनेको हो ।
यसैगरि प्रतियोगितामा भिमाद दोजाङ समुह द्धितीय भएको छ । जहाँ भिमादले १० स्वर्ण, ८ रजत र २८ कास्य पदक हात पारेको थियो ।
प्रतियोगितामा रिसिङ दोजाङले ४ स्वर्ण, ६ रजत र ४ कास्य पदक हात पारेको थियो भने एक्लेखेत दोजाङले ३ स्वर्ण, ३ रजत र २ कास्य पदक हात पारेको थियो । प्रतियोगितामा भिमाद दोजाङका मोनिका कुवर र पुरुष तर्फको गौरव थापा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका थिए भने राईजिङ खेलाडीको अवार्ड एक्लेखेत दोजाङका सुवास रन्तिजा घोषित भएका थिए ।
विजेतालाई नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राज, वडाध्यक्ष बाबुराम पुलामी मगर, आईटिएफ का केन्द्रिय सदस्य आकाश चन्द्र घर्ति मगर, आईटिएफका प्रदेश सदस्य उत्तम थापा, आइटिएफका जिल्ला सचिव सोमबहादुर गुरुङ र शुक्लागण्डकी दोजाङका अध्यक्ष आशिष थापाले पुरस्कार वितरण गरेका थिए ।