दुलेगौंडा । ईलाका प्रहरी कार्यालय बेलचौताराले बैकिङ कसुर मुद्दामा दोषि ठहर भएपछि फरार रहेकी शुक्लागण्डकी नगरपालिका–८ की सावित्री भट्टराईलाई पक्राउ गरेकको छ ।
उच्च अदालत पोखराबाट बैकिङ कसुर मुद्दामा गतबर्ष माघ ११ गते दोषि ठहर गरेको थियो । अदालतको फैसला अनुसार लगत नं. ८२७ मा रु.३ लाख ५८ हजार ६००, लगत नं.८२८ मा १६ लाख ६५ हजार ५००, लगत नं. ८२९ मा ७ हजार ७०० र लगत नं. ८३० मा १ लाख ५३ हजार गरी कुल २१ लाख ८४ हजार ८०० जरीवाना लगाएको थियो । उक्त जरीवाना नतिरि भट्टराई फरार रहेकी थिईन् । फरार रहेको एक बर्षपछि निज भट्टराईलाई प्रहरीले पक्राउ गरेर तनहुँ जिल्ला अदालत पेश गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका गणेश सुवेदीले बताए ।