हलेदी । शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा भएको वडाध्यक्ष कप, सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिताकाे उपाधिकाे शुक्लागण्डकी युवा क्लब हात पारेको छ ।
आज भएको फाइनल खेलमा शुक्लागण्डकीले नर्सरी युवा क्लबलाई १-० गाेल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियाे । प्रतियोगिताकाे पहिलो आफकाे १७ ओैं मिनेटमा शुक्लागण्डकीका अविशेक रानाले अस्मित रानाकाे क्रस पासमा गाेल गरेका थिए । यसपछि निर्धारीत समयमा दुबै टिमबाट गाेल हुन नसकेपछि शुक्लागण्डकीकाे जीतका लागि अविशेकले गरेको गाेल नै निर्णायक गाेल बन्न पुग्याे ।
जितसंगै शुक्लागण्डकीले नगद ७० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्याे भने उपविजेता नर्सरी फुटबल क्लबले नगद ४० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजेता खेलाडीलाई नगरपालिका मेयर कृष्णराज पण्डित, वडाध्यक्ष सुमन बहादुर राना मगर, कार्यपालिका सदस्य रितु नेपाली, वडा सदस्य भगवान पुन, क्लफबका अध्यक्ष गाेपाल गुरूङ लगायतले सम्मान गरेको थियाे