हलेदी । शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा भएको वडाध्यक्ष कप, सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिताकाे उपाधिका लागि भाेलि शुक्लागण्डकी युवा क्लब र नर्सरी युवा क्लब आमनेसामने हुँदै छन् ।
आइतबार भएको पहिलो सेमिफाइनलमा नर्सरी युवा क्लबले अन्नपूर्ण युवा क्लबलाई २-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हाे ।
यसैगरी दाेस्राे सेमिफाइनल खेल अवधिभर शुक्लागण्डकी युवा क्लब र राङरूङ रिसाेर्ट भिमाद दुबै गाेल गर्न सकेनन् । जस पश्चात् खेल पेनाल्टी सुटआउटमा पुगेको थियाे । शुक्लागण्डकी र भिमादका ६ जना खेलाडी पेनाल्टी प्रहार गरेका थिए । जहा शुक्लागण्डकीले भिमादलाई ३-२ गाेल अन्तरले पराजित गरेको थियाे ।
शिलादेवी युवा क्लबकाे आयाेजना र शुक्लागण्डकी २ नम्बर वडा कार्यालयकाे संरक्षण सुरू भएको प्रतियोगितामा प्रथम हुनेले ७० हजार द्धितीय हुनेले ४० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । साथै सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट गाेल रक्षक र सर्वाधिक गाेलकर्तालाइ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।