दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा आदिवासी जनजाति लक्षित नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–८ नम्बर वडा कार्यालयको आयोजना र आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्को समन्वयमा उक्त तालिम सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै आदिवासी महासंघकी नगर अध्यक्ष तुलसी कुमारी श्रेष्ठले पछिल्लो समय जनजातिको प्रमुख मुद्दा भाषको संरक्षण गर्नु रहेको बताईन । उनले आफ्नो भाषको संरक्षण गर्न सबै लागि पर्न आवश्यक रहेको बताए । यसैगरी आदिवासीहरु रंग रमाईलोमा मात्रै सिमित नभई समाजको विकास र राजनीतिक क्षेत्रमा पनि अग्रसर हुन आवश्यक रहेको बताईन ।
शुकलागण्डकी–८ का कार्यवाहक वडाध्यक्ष मानबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य अशोक महत, महासंघका वडा समन्वय परिषद्का अध्यक्ष तारा सिंघ भुजेल लगायतको उपस्थिती रहेको थियो । मंलबारदेखी सुरु हुने तालिम ५ दिनसम्म सञ्चालन हुने छ । तालिममा वडा भित्रका २१ जना जनजाति समुदाएका व्यक्ति सहभागि रहेका छन् भने प्रशिक्षकको रुपमा शुक्ला न्यूजका सम्पादक हरि खरेल, रेढियो ढोरबाराहीका स्टेसन म्यानेजर राजकुमार आले र शुक्ला न्यूजका कार्यक्रम प्रस्तोता सिता गिरि रहेका छन् ।