तनहुँ उद्योग बाणिज्य संघ थर्पु बजार इकाई समितिको १२ आौँ अधिवेशनबाट सभापति पदमा सुन्दरमणी अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
मङ्गलबार सम्पन इकाईको १२ आौँ अधिवेशनबाट अधिकारी सर्वसम्मत सभापति चयन भएका हुन् । लायन्स क्लव अफ तनहुँ म्याग्देका समेत अध्यक्ष रहेका उनि अन्य थर्पु युवा क्लबको अध्यक्ष समेत भईसकेका छन् । राजनीति एवं अन्य सामाजिक संघ संस्थामा सक्रिय अधिकारी निर्माण ब्यबसायी हुन् ।
समितिकाे उपसभापतिमा सुरेन्द्र अधिकारी, काेशाध्यक्षमा लक्ष्मण श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा भुपेन्द्र रानाभाट, सीता मल्ल , खिमबहादुर नेपाली, सुशील न्याैपाने, राजीव श्रेष्ठ, धर्मराज घिमिरे, खमबहादुर नेपाली चयन भएका छन् ।