दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्याउलिबजारमा भएको चौथो संस्करणको ल्होसार कप सेभेन ए साइड फूटबल प्रतियोगिताकाे उपाधि राङरुङ रिसोर्ट, भिमादले हात पारेको छ ।
भिमाद र नमुना युथ क्लबबिच भएको फाइनल खेलमा दुबै टिमले निर्धारीत समयमा कुनै गाेल गर्न सकेनन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियाे । पेनाल्टीमा भिमादले नमुनालाई ५-४ गाेल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाे ।
जितसंगै भिमादले नगद ७१ साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता नमुनाले नगद ४१ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा भिमाद अविशेक राना मगर सर्वाेत्कृष्ट खेलाडी र दिनेश गुरूङ उत्कृष्ट गाेलरक्षक बन्न सफल भएका छन् भने लिभिक कन्ट्रक्सन विकास परियार सर्वाधिक गाेलकर्ता बनेका थिए ।