• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

विद्यालयमा छात्रा विद्यार्थीका लागि सेनीटरी प्याड खै ?

हरि खरेल हरि खरेल
November 20, 2023
- स्थानीय समाचार
A A
0
विद्यालयमा छात्रा विद्यार्थीका लागि सेनीटरी प्याड खै ?
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । सोमबार शुक्लागण्डकी नगरपालिकाले बालबालिकासंग अन्तरक्रिया कार्यक्रम ग¥र्यो । उक्त कार्यक्रममा नगर भित्रका बालबालिकाहरुले विविध समस्याका बारेमा नगरपालिकालाई जानकारी गराउर्दै प्रश्न गरेका थिए ।

छलफलकै क्रममा पञ्चमुनी देव माध्यमिक विद्यालयकी छात्रा ममता अधिकारीले प्रश्न गर्दै भनिन् ‘विद्यालयमा छात्रा विद्यार्थीका लागि सेनीटरी प्याड खै ?, विद्यालयमा १/२ महिना पाईएको थियो त्यसपछि फेरी पाईएन । हैन नगरपालिकाले नपठाएको हो की विद्यालयले हामीलाई नदिएको हो रु । जसमा उपस्थित विद्यार्थीले तालि बजाउदै अधिकारीलाई समर्थन गरे ।

अधिकारीको प्रशनको जवाफ दिदै स्वास्थ्य शाखा प्रमुख डिवि मगरले पुस मसान्त भित्र नगरका सबै विद्यालयमा सेनीटरी प्याडको समस्या अन्त्य हुने बताए । उनका अनुसार यसअघि खरीद र वितरण शिक्षा तथा खेलकुद शाखाले गरेको र अब भने स्वास्थ्य शाखालाई जिम्मेवारी आएको हुदाँ पुस मसान्तभित्र नै समस्या नरहने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरस्तरीय बालसञ्जालका अध्यक्ष निराजन गौतमले सामुदायीक विद्यालयमा शुल्क किन रु भन्दै प्रशन गरेका छन् । यस प्रश्नको जवाफ दिदै शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागांईले संघिय सरकार जिम्मेवारी रहेको भन्दै जवाफ दिए । ‘यो नेपालको जल्दोबल्दो समस्या हो । संविधानमा आधारभूत तहसम्म अनिर्वाय र निशुल्क साथै माध्यमिक तहसम्म निशुल्क भनि कानुनमा लेखियो । तर, व्यवहारीका रुपमा संघिय सरकारबाट नै बजेट आएन, शिक्षक व्यवस्थापन भनएन, पूर्वाधार तयार भएनन् जस कारण यस्तो समस्या सिर्जना भएको हो ।’ उनले भने ।

अन्तरक्रिया कार्यक्रममा सहभागि विद्यार्थीहरुले बालअधिकारको सुनिश्चितता, विद्यालय वरपर मादक पदार्थ बेचविखन हनुे, विद्यालयमा स्वच्छ पिउने पानीको अभाव हुनु, चमेनागृह फोहोर हुनु, विद्यालयमा कम्पाउण्ड नहुनु, प्रविधिसंग विद्यार्थीलाई जोड्ने विषय साथै व्यवहार एउटै हुदाँ निजि र सामुदायिक विद्यालयको अन्तर के छ र भनि नगरपालिकासंग जवाफ मागेका थिए ।

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा भएको नगरपालिकासंग बालसञ्जाल कार्यक्रममा नगरका मेयर कृष्णराज पण्डितले विद्यार्थीबाट आएका समस्या ५० प्रतिशत समाधान अनुगमनबाट हुने हुदाँ अनुगमनलाई जोड दिने बताए । ‘हाम्रो अनुगमनको पाटो कमजोर छ । तपाईका प्रश्नको ५० प्रतिशत समस्या अनुगमनबाट नै समाधान हुने देखियो भने बाकी ५० प्रतिशन पूर्वाधार विकासबाट हुन्छ । अब नगरपालिका रणनीति बनाएर अगाडी बढ्छ’ उनले भने । साथै आगामी दिनमा बालसञ्जाललाई चलायमान बनाउने तर्फ नगरपालिका अग्रसर हुने बताए ।

नगरस्तरीय बालसञ्जालका अध्यक्ष गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख पण्डित, उपप्रमुख खुमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे, शिक्षा शाखा प्रमुख नवराज चापागाई, सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेल लगायतले विद्यार्थीको प्रतिप्रश्नको जवाफ दिएका थिए । अन्तरक्रिया कार्यक्रममा पञ्चमुनी मावि, जनकल्याण मावि, खैरेनी मावि, गाफ मावि, आधारभूत मावि, सरस्वती मावि थप्रेक, महेन्द्र मावि, तालबेसी माविका विद्यार्थीहरु सहभागि रहेका थिए।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.