दुलेगौँडा । कक्षा १२ को परिक्षमा गण्डकी प्रदेशमा नै उत्कृष्ट अङ्क ल्याउन सफल अञ्जना राईलाई टोलबासीले सम्मान गरेका छन् । शनिबार एक कार्यक्रमका बिच म्याग्दे गाउँपालिका–५ मा रहेको बोटानीटार टोल विकास संस्थाले राईलाई नगद ५ हजार साथमा प्रमाण पत्रद्धारा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष खुम राईले शिक्षाको माध्यमबाट टोलको गौरब बढाएको अञ्जनालाई बधाई दिदै शैक्षिक सुन्दर भविष्यको शुभकामना व्यक्त गरे । एउटा सामान्य परिवारमा जन्मे हुर्केकी राईले अथक मेहनत र लगाबबाट सफलता हाँसिल गरेको भन्दै उनले अन्य विद्यार्थी भाइबहिनीहरुले उनीबाट प्रेरणा लिएर पठन पाठनमा ध्यान दिन आग्रह गरे ।
टोल विकास संस्थाका अध्यक्ष यामबहादुर गुरुङले अञ्जनाको सफलताले सिङ्गो समाजको शिर ठाडो भएको बताए ।उनले निकै गौरवान्वित महसुस भएको भन्दै अन्य विद्यार्थीहरुलाई पढाईमा ध्यान गर्न आग्रह गरेका थिए ।
अञ्जना खैरेनी माध्यमिक विद्यालयबाट उत्कृट अंक ल्याउन सफल भएकी हुन् । उनी अहिले भुरुङ्गेस्थित गण्डकी मल्टिपल कलेजमा भर्ना भई स्नातक तहको पढाईलाई अगाडि बढाएकी छिन् ।