दुलेगौंडा । पछिल्लो समय अस्पतालमा डेंगु संक्रमित विरामीको संख्या बढ्दो क्रममा रहेको छ । यसै बिच नेपाली काँग्रेस तनहुँ क्षेत्र नं–२ ले जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई २०० थान डेङ्गु परीक्षण किट सहयोग गरेको छ ।
तनहुँ क्षेत्र नं २ का क्षेत्रीय सभापति चुणमणि खनालले अस्पतालका निमित्त कार्यकारी प्रमुख डा.रामकुमार श्रेष्ठलाई उक्त किट हस्तान्तरण गरेका हुन् । उक्त किट प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीको विशेष पहल एवं समन्वय र शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईको प्रायोजनमा अस्पताललाई प्रदान गरिएको हो ।
सभापति खनालले डेङ्गु संक्रमण फैलिदै गएकाले सवै नागरिकलाई सर्तक रहन आग्रह गर्दै अवस्था जटिल बन्दै गएकाले हातेमालो गरेर डेङ्गु नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए । अस्पतालका प्रमुख डा. श्रेष्ठले प्राप्त किटले डेङ्गु संक्रमण पहिचान गरी उपचार गर्न सहयोग पुग्ने बताएका थिए ।