दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहको शहिद पार्कमा सरसफाई गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, शुक्लागण्डकी नगर समितिले ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत रहेर सरसफाई कार्यक्रम गरेको हो ।
जनयुद्धका शहिदको सम्झनामा स्थापना गरिएको पार्क परिसरमा घाँसले कुरुप बनाउदै गएको हुदाँ सरसफाई गरिएको माओवादी केन्द्रका नगर अध्यक्ष मनराज गुरुङले बताए ।सरसफाई कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) सहित माओवादीका नेता तथा कार्यकता र आम सर्वसाधारण नागरिकको उपस्थिती रहेको थियो ।
गुरुङका अनुसार आगामी दिनमा माओवादी केन्द्रको नगर कमिटीले ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत रहेर टोल टोलमा जनतासंग अन्तरक्रिया गर्ने, जनताको समस्या टिपोट गर्ने र जनताको समस्यामा मलम लगाउने कार्य गर्ने बताए ।