• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

‘बी लेभल‘ ब्याडमिन्टनमा राई र मगरको जोडी प्रथम

हरि खरेल हरि खरेल
September 10, 2023
- खेलकुद, स्थानीय समाचार
A A
0
‘बी लेभल‘ ब्याडमिन्टनमा राई र मगरको जोडी प्रथम
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा सम्पन्न ‘ब लेबल’ डबल पुरुष ब्याडमिन्टन प्रतियोगितामा पुष्पनारायण राई र अश्विन मगरको जोडी प्रथम भएको छ।

शनिबार सम्पन्न फाईनल खेलमा राई र मगरको जोडीले देव गुरुङ र मन बहादुर आलेको जोडीलाई पराजित गरेको थियो । प्रतियोगितामा प्रथम भएको राई र मगरको जोडीले नगद २५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता गुरुङ र आलेको जोडीले नगद १५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । स्पन्धन श्रेष्ठ र सुवोध आले र अमृत श्रेष्ठ र तुला थापाको जोडि तृतीय भएको छ । उनिहरुले नगद ७ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरि शुक्लागण्डकी नगरपालिका स्तरीय ‘सी लेभल’ डबल पुरुष ब्याडमिन्टन प्रतियोगितामा गोविन्द खड्का र कुमार राना प्रथम भएका छन् । प्रथम भएसंगै खड्का र रानाले नगद २० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता समुन्द्रराम श्रेष्ठ र सुवास श्रेष्ठले नगद १० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरि तनहुँ जिल्ला स्तरीय ५० बर्ष माथिको पुरुष भेट्रन्स ब्याडमिन्टन प्रतियोगितामा सन्त बहादुर गुरुङ्ग र पदम आले प्रथम भएका छन् । गुरुङ र आलेले विष्णु थापा र राम बहादुर रानाको जोडीलाई पराजित गरेको थियो । विजेता गुरुङ र आलेले नगद १० हजार र उपविजेता थापा र रानाको जोडीले नगद ७ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । भेट्रन्स तर्फ छवि गुरुङ र विष्णु बहादुर रानाको जोडी र झक बहादुर गुरुङ र रघुनाथ पौडेलको जोडि तृतीय भएको थियो । उनिहरुले नगद ४ हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।

१५ बर्ष मुनिको ब्याडमिन्टन प्रतियोगितामा सौभाग्य कडेल र सन्तोस कार्कीको समुह प्रथम, नविन राना र नेस्नल गुरुङको समुह द्धितीय र रशिम मल्ल र अरुण श्रेष्ठको समुह तृतीय भए ।

क्लव अध्यक्ष विष्णु रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुकलागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल लगायतको उपस्थिती रहेको थियो । कनेक्ट अष्ट्रेलिया एजुकेसन एण्ड भिसाज सर्भिसेज दुलेगौंडाको मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
स्थानीय समाचार

पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू

May 29, 2025
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
खेलकुद

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025
विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
स्थानीय समाचार

विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

May 28, 2025
दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
स्थानीय समाचार

दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस

May 27, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
स्थानीय समाचार

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025
वृहत योग शिविर सम्पन्न
स्थानीय समाचार

वृहत योग शिविर सम्पन्न

May 19, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

एसइइ कप भलिबलको पहिलो दिन ११ खेल

May 29, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
  • एसइइ कप भलिबलको पहिलो दिन ११ खेल
  • विद्यालयमा नेपाली भाषा प्रयोगमा रोक लगाउने कार्यविरुद्ध सर्वोच्चमा रिट दर्ता
  • दुलेगौंडामा मनाइयो इच्छुक स्मृति दिवस
  • सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.