दुलेगौंडा । ढोर क्षेत्रका पहिलो शहीद हुन् कृष्णप्रसाद पौडेल । २०४६ सालको आन्दोलमा शाहादत प्राप्त गरेका पौडेलको सम्झनामा शुक्लागण्डकी नगरपालिका–८ पाटनामा शहीद पार्क पनि निर्माण गरिएको थियो । तर पार्कले पूर्णता भने पाउन सकेको थिएन । अहिले स्थानीको सक्रियताका कारण लामो समपयपछि पार्कले स्वरुप परिर्वतन गरेको छ ।
शहीदकृष्ण बाचनालयले मातहतमा रहेको पार्क संघिय सरकारको १० लाख र डिभिजन वन कार्यालय तनहुँको १ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । साथै शुक्लागण्डकी नगरपालिकाको ५ लाख र ५ लाख रुपैया बराबरको स्थानीय जनश्रमदानमा पार्क परसरमा रहको मन्दिर र भवनको पनि मर्मत गरिएको छ ।
पर्कको सुन्दरत बढाउनका लागि पार्कको मर्मत संभार गरिएको शहिदकृष्ण बाचनालयका सचिव कमल भट्टराईले बताए । उनका अनुासर अहिले पार्कमा बालकदेखि वृद्ध व्यक्तिहरु पनि आएर रमाउने गरेका छन् ।
पार्कको संरक्षणका लागि वडा कार्यालयले पनि आवश्यक पहल गर्ने वडा सदस्य दिपक महतले बताए । ‘पार्कको बाहिरपट्टिको क्षेत्र अलि अव्यवस्थीत रहेको छ । यसको व्यवस्थापन र पार्कको लागि वडाले पनि आवश्यक सहयोग गर्ने छ’ उनले भने ।
पार्क निर्माण भएसंगै यस क्षेत्रका स्थानीय पनि खुसी छन् । उजाड रहेको शहिद पार्कलाई व्यवस्थित गरेको हुदाँ शहीदको सम्मान भएको स्थानीय महेश्वर भट्टराईले बताए ।