दुलेगौंडा । तनहुँ व्यास नगरपालिका–४ मा बस्ने २२ बर्षीय रंगिला भुजेललाई हत्या गरी फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको । मंगलबार विहान गुरुङ च्यानडाँडा स्थित सुवर्ण मार्ग कच्ची सडकको ढलमा शव फेला परेको थियो ।
प्रहरीको अनुसन्धानबाट निजकै श्रीमान २१ बर्षीय मनोज बिष्टले आफ्नै श्रीमति भुजेलको हत्या गरि शव बोरामा हालेर ढलमा फलेको खुल्न आएको छ । निज विष्टलाई सोही दिन व्यास नगरपालिका–३ स्थित तरकारीलाईनबाट प्रहरीले पक्राउ गरेको थियो ।
हाल प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा ५ (पाँच) दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।