दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको नवनिर्मित फुन्छोक टाशी छोईलिङ गोन्पाको समुद्घाटन् भएको छ । बौद्ध धर्मावलम्बीका गुरु श्री साक्य ठ्रिजीन रत्न वज्र रिन्पोछेले यस गुम्बा उद्घाटन गरेका छन् ।
गुम्बाको जेठ १ गते प्राण प्रतिष्ठा पुजा गरेर जेठ २ गते (मंगलबार) उद्घाटन गरिएको हो ।
भवनको उद्घाटन कार्यक्रममा बौद्ध गुरु रिन्पोछेको साथमा गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी–८ का वडाध्यक्ष नारायण सिं थापा, पूर्वमन्त्री आशा कोईराला, मुस्ताङ बस्ती टोलका अध्यक्ष घिर्मी गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
विसं. २०७२ माघ १ गतेबाट गुम्बा निर्माणको कार्य सुरु गरिएको थियो । निर्माण सम्पन्न भएपछि वि सं. २०८० जेठ २ गते औपचारीक रुपमा उद्घाटन गरिएको हो ।