दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको लियो जिल्ला परिषद् ३२५ एल नेपालको बर्ष २०२३/२४ को जिल्ला अध्यक्षमा गोरखाका सन्तोष ढकाल निर्बाचित हुनु भएको छ । शनिबार भएको महाधिवेशनले ढकाललाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको हाे ।
क्लबकाे जिल्ला उपाध्यक्षमा अभय थापा, सचिबमा तनहुका लियोका सुनिल मिश्र र कोषाध्यक्षमा लियो कलब अफ काठमाडौं-बिशालबजारका सुलभ थकालि निर्वाचित भएका छन् ।
यसैगरी जनसम्पर्क अधिकृत दुलेगौडा कुसल लम्साल , अध्यक्ष सल्लाहकार प्रमुखमा आबुखैरेनिका अ्मृत पण्डित , चिप डिपार्टमेन्ट चियर्पसनमा उजेन श्रेष्ठ , चिफ रिजन कोडिनेटरमा सम्राट ऐडि र ब्यबस्थापकमा उद्दब पराजुलि मनोनित हुनु भएका छन् । बाकी सदस्य जिल्ला परिषदकाे पहिलो बैठकले टुङ्गो लगाउने नवनिर्वाचित जिल्ला सम्पर्क अधिकृत कुशल लम्सालले बताए ।