दुलेगौंडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा अवस्थिीत भानुभक्त बहुमुखी क्याम्पसमा विद्यार्थीले ताला लगाएका छन् । स्वातन्त्र विद्यार्थी यूनियन (स्ववियू) चुनाव गराउन क्याम्पसले कुनै चासो नदिएको हुदाँ तालाबन्दि गरेको विद्यार्थी नेता सुरेस पौडेलले बताए ।
गत शुक्रबार अर्थात फागुन १८ गते अनेरास्ववियू, नेवि संघ र अनेरास्ववियू क्रान्तिकारीले क्याम्पसमा स्ववियू निर्वाचन गराउन माग प्रशासनलाई पत्र बुझाएको थियो । उक्त पत्रमा क्याम्पसले स्वसवयू निर्वाचनमा कुनै चासो नदिएको उल्लेख गरेको थियो । साथै क्याम्पसले चासो नदिएको खण्डमा चरमबद्ध आन्दोलन गर्ने चेतावनि दिएको थियो । जसको फलस्वरुप आज संयुक्त विद्यार्थी संगठनहरुले क्याम्पसमा ताला लगाएका छन् ।
क्याम्पस प्रशासनले स्ववियू निर्वावचन नगराई विद्यार्थी कल्याणकारी परिषदमा विद्यार्थीको सहभागिता गराउने जनाएको थियो । तर, परिषदको प्रक्रिया आवश्यक नरहेको बताउदै विद्यार्थीले स्ववियू निर्वाचन गराउन माग गरेका छन् । आज विहान विद्यार्थीहरुले क्याम्पसका प्राध्यापकहरुलाई केही समय थुनेका थिए । हाल क्याम्पसमा विद्यार्थी ताला लगाएर छाडेका छन् ।