दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको आर्दश बालविद्या मन्टेश्वरीका बालबालिकाले जेष्ठ नागरिकको सम्मानमा न्यानो कपडा र फलफुल वितरण गरेका छन् । उनिहरुले शुक्लागण्डकी नगरपालिका–२ च्यवन धाममा रहेको वृद्धआश्रममा रहेका ८ जना जेष्ठ नागरिकलाई सम्मान र सहयोग गरेका हुन् ।
नेपालीहरुको महान पर्व तिहारको अवसरमा बालबालिकाले देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट केही रकम जेष्ठ नागरिकको सम्मान निम्ति खर्च गरेको गरेको मन्टेश्वरीका निर्देशक सुरेन्द्र सेन ठकुरीले बताए । ‘बालबालिकाहरुलाई जेष्ठ नागरिकलाई हामीले माया गर्नुपर्छ । सम्मान गर्नुपर्दछ भन्ने व्यवहारीक सिप सिकाउन सहयोग यस कार्यक्रम गरेको हो । तिहारमा बालबालिकाहरु आफैले देउसी भैलो खेलेर जम्मा गरेको रकमबाट बाट केही शैक्षिक भ्रमण र केही रकम जेष्ठ नागरिकका निम्ति खर्च गरिएको छ’ उनले भने ।
शुक्लागण्डकी नगरपालिका–८ मा रहेको आर्दश बालविद्या मन्टेश्वरीमा कक्षा मन्टेश्वरीदेखि २ कक्षा सम्म पढाई हुन्छ । यहाँ ११७ जना विद्यार्थीहरु अध्ययन गर्दछन् ।