दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले संविधान दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । दिवसकै दिन शुक्लागण्डकी नगरपालिका–५ मा रहेको जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचारत बिरामीलाई फलफूल वितरण गरेको हो ।
नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) सहित नगरपालिकाका कर्मचारी तथा जननिर्वाचित जनप्रतिनिधिहरुले अस्पतालमा नै पुगेर फलफूल वितरण गरेका हुन् ।
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्ष टेकेको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । यसपटक ८ औं संविधान दिवस मनाउन लागिएको हो ।