• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

बिजय र्यालीमा नआउनु: बालेन

सम्पादक by सम्पादक
May 25, 2022
in राजनीति, राष्ट्रिय समाचार
A A
0
बिजय र्यालीमा नआउनु: बालेन
Share on FacebookShare on TwitterEmail this
काठमाडौ महानगरपालिकाको मेयरमा विजयी जित सुनिश्चित भएपछी काठमाडौं नगर प्रमुखका उमेदवार बालेन शाहले सामाजिक संजाल मार्फत बिजय जुलुस नगर्न आग्रह गरेको छन्  ।
उनले सामाजिक सन्जाल मार्फत अनुरोध गर्दै यसो भएको छन: स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।
जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।
अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ‘बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।
हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् । अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।

👉 अन्य सम्बन्धित खबरहरु

मनराज एमालेमा प्रवेश
राजनीति

मनराज एमालेमा प्रवेश

February 16, 2026
तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता
राजनीति

तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता

January 20, 2026
गगन थापा कांग्रेस सभापतिमा चयन
राजनीति

गगन थापा कांग्रेस सभापतिमा चयन

January 15, 2026
कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा
राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा

January 9, 2026
तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?
राजनीति

तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?

January 8, 2026
शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी
राजनीति

शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी

January 7, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.