• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

कमिसन खाने खेल एमालेले गर्दैन् कांग्रेसले गर्छ : एमाले नेता बस्नेत

हरि खरेल by हरि खरेल
January 2, 2022
in राजनीति, स्थानीय समाचार
A A
0
कमिसन खाने खेल एमालेले गर्दैन् कांग्रेसले गर्छ : एमाले नेता बस्नेत
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । नेकपा एमाले पोलिटिवयूरो सदस्य महेश बस्नेतले नेपाली कांग्रेसलाई कमिसन खाने पार्टीको संज्ञा दिएका छन् । आईतबार राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगर कमिटीकोे प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले उक्त बक्तव्य दिएका हुन् ।
उनले नेपालमा दलालि, पुजिवादीहरुको संरक्षण गर्ने पार्टी नेपाली कांग्रेस रहेको बताए । उनका अनुसार अबको निर्वाचनमा यस्ता पार्टीलाई पाखा लगाएर नेकपा एमाले प्रमुख दलको रुपमा स्थापित हुने दाबी गरे । ‘आगामी निर्वाचनमा धेरै दलहरु रहने छैन्न । नेकपा एमाले प्रमुख दलको रुपमा रहने छ’, उनले भने ।

वर्तमान सरकार स्वार्थ केन्द्रित रहेको हुदाँ समृद्ध नेपाल र सुखी नेपालीको यो चाहाना पुरा गराउन नसकेको बताए । उनका अनुसार जनताको सपना पुरा गराउनका लागि पुनः केपि ओलि नेतृत्वको सरकार आउनुपर्ने छ । ‘समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने कुरा एउटा रजनीतिक दल, एउटा नेताको लागि धेरै कठिन कुरा हो । तर यो नेकपा एमाले र केपि ओलि बाहेक अरुले गर्न सक्दैन भन्ने कुरा हामीले पटक पटक प्रमाणित गरेका छौं । समृद्ध नेपाल र सुखी नेपालीको यो चाहाना जुन ढंगले अधुरो बनाउन खोजिदै छ, त्यसलाई पुरा गर्ने संकल्प अब हामी युवाले लिन आवश्यक छ’ पोलिटिवयूरो सदस्य बस्नेतले भने ।

अहिले देशमा भईरहेको गठबन्धनको सरकारले सत्ताको दुरुपयोग गरेको बस्नेतले आरोप लगाए । ‘यो गठबन्धन स्वार्थीहरु एकठाउमा मिलेर बनाईएको गठबन्धन हो । यो गठबन्धन काले काले मिलेर खाउँ भाले भनेर बनाईएको गठबन्धन हो । यो गठबन्धनभित्र कुनै सैदान्तिक, बैचारिक, राजनैतिक विषय वस्तु छैन् । यो गठबन्ध भित्र सत्ताको दुरुपयोग गर्ने, भ्रष्टचार र दुशासनलाई प्राथमिकता दिने मुख्य लक्ष्य छ ।’

भ्रष्टचारको संस्थागत सुरुवात गर्ने तत्व कांग्रेस हो : राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पौडेल

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले भ्रष्ट्रचारको संस्थागत सुरुवा गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई रहेको बताएका छन् । आईतबार भएको सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सत्तामा रहदाँ भ्रष्टचार मौलाएको बताए । कांग्रेसले देशमा भएका उद्योग कलकारखाना बन्द गराएर देशमा बेरोजगारी जनशक्तिको उत्पादन गरेको बताए ।

युवा संघका अध्यक्ष पौडेलले कांग्रेस महाधिवेशनबाट आएका युवा नेताहरुलाई गफाडी नेताको संज्ञा दिएका छन् । महाधिवेशनपछि नेतृत्वमा आएका गगन थापा र विश्वप्रकाश शर्माले काम गर्नु भन्दा पनि ओलिको बढी आलोचना गरेको हुदाँ यिनिहरुले देश विकासमा काम गर्न नसक्ने बताए । ‘महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापा र विश्वप्रकाश शर्मा नयाँ भिजन दिन नसक्ने तर अरुको आलोचना मात्र गर्ने नेता हुन । यिनिहरुले समाजमा भ्रम फैलाउने काम मात्र गरे’ उनले भने ।

युवा विद्रोहका बन्दुक मात्र होईन सिर्जनाका संवाहक हुन : प्रदेशका साँसद राजिव पहारी


राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष एवं गण्डकी प्रदेशका साँसद राजिव पहारीले युवाहरु विद्रोहका बन्दुक मात्र नभई सिर्जनाका संवाहक पनि रहेको बताएका छन् । उनले अधिवेशनलाई नै सम्बोधन गर्दै युवाहरु मिलेर देशमा परिर्वतनका निम्ति अगाडी बढ्नुपर्नेमा जोड दिए । अबको आम निर्वाचनमा कांग्रेसलाई डाँडाको टुप्पोबाट निहालेर हेर्दा पनि नदेखिने वडा देखी पालिकासम्म एमाले एकछत्र बनाउने कार्यमा युवाहरु ऋगाडी बढ्नुपर्ने कुरालाई जोड दिए । पहारीले गठबन्धन सरकार भएको अनुभुति नै नभएको बताए । उनले भने–‘यो सरकार छ र । कान छ, सुन्दैन, नाक छ सुघ्दैन, मुख छ बोल्दैन ।’ आफुहरु बेरोजगार हटाउँदै सुशासन कायम गरी समृद्ध मुलुक बनाउन चाहेको उनले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.