हरि खरेल /बेलचौतारा । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत हरेक घरदैलोमा पुग्ने गणकलाई प्रशिक्षण दिन सुरु गरिएको छ । मूल गणना यहि कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुदैँछ । त्यसका लागी गणकलाई शनिबारदेखी चार दिने तालिम दिन थालिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका ७९ जना र म्याग्दे गाउँपालिका ३४ जनालाई शनिबारदेखी शुक्लागण्डकी नगरपालिका –५ स्थित भानुभक्त बहुमुखी क्याम्पसमा प्रशिक्षण सुरु गरेको स्थानीय जनगणना अधिकारी लक्ष्मण लम्सालले बताए । उनका अनुसार प्रशिक्षणमा गणकलाई व्यक्तिगत खण्ड र परिवार खण्ड गरी ३६ वटा महलमा रहेर प्रश्नावली भर्नका लागी कसरी प्रस्तुत हुने भनेर तालिममा सिकाईनेछ ।
गणकले संकलन गरेको सुचना तथ्याङक् तथ्याङ्क ऐन २०१५ अनुसार पुर्ण रुपमा गोप्य राखिने उनको भनाई छ । ‘घरदैलोमा आएका गणकलाई भरपर्दो सुचना दिनुहोला’, आम सर्वसाधरणसँग उनको अनुरोध छ ।
हेर्नुहाेस पूरा भिडियो