दुलेगौंडा । साविक उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको सङ्गठन (HISTUN) तनहुँ क्षेत्र नम्बर २ को अध्यक्षमा छब्दी माविका रामचन्द्र घिमिरे चयन भएका छन् । बैठकले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गाउँफर्कोदयका रोशन हमाल, सचिवमा हंसवाहिनीकी कालिका मैनाली, सह-सचिवमा जनज्योतिका डोलराज सिग्देल र कोषाध्यक्ष पदमा पञ्चमुनीका रमेश सुवेदी चयन भएका छन् ।
समितिको सदस्यहरूमा आधारभूतका निर्मल पौडेल, हंसवाहिनीकी सम्झना पोख्रेल, गाउँफर्कोदयका महाभारत योगी, पञ्चमुनीका नन्दकुमार श्रेष्ठ र डाक्टर सूर्य आचार्य चयन हुनुभएको छ। त्यसैगरी जनप्रेमीका शक्तिशर्मा घिमिरे, तालवेशीका सुजन महत, राधा माध्यमिक विद्यालयका बन्धुराज अधिकारी, हिमालयकी अनिता खनाल र सिद्धार्थका गोविन्द सिग्देल पनि कार्यसमिति सदस्यमा सर्वसम्मत भएका छन् ।













