• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

हरि खरेल by हरि खरेल
September 3, 2026
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दिपेन्द्र पौडेल/दुबई । नेपालमा गएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मध्यपूर्वको पहलमा मध्यपूर्वमा रहेका विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), अभियन्ता तथा पदाधिकारीहरूबाट सहयोग संकलन गर्ने क्रम जारी रहेको छ।

राष्ट्रिय विपत्का बेला गैरआवासीय नेपाली समुदायलाई एकताबद्ध गर्दै पीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गत अगस्ट २९ तारिख शनिबार बसेको एनआरएनए आईसीसी मध्यपूर्वको आकस्मिक बैठकमा विभिन्न एनसीसी तथा अभियन्ताहरूले आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही बैठकमा गरिएको प्रतिबद्धताअनुसार अहिले मध्यपूर्वका विभिन्न देशबाट राहत रकम संकलन तथा हस्तान्तरण भइरहेको छ।

उपलब्ध विवरणअनुसार मध्यपूर्वमा रहेका विभिन्न एनसीसी, पदाधिकारी तथा अभियन्ताहरूबाट हालसम्म कुल रु. ९८,६८,४४२ (अन्ठानब्बे लाख अठसठ्ठी हजार चार सय बयालीस रुपैयाँ) सहयोग प्रतिबद्धता तथा संकलन भएको छ। प्रतिबद्धता जनाइएकामध्ये अधिकांश रकम सम्बन्धित व्यक्तिहरू तथा एनसीसीहरूले हस्तान्तरण गरिसकेका छन् भने केही रकम हस्तान्तरण हुने क्रममा रहेको छ।

यस अभियानमा उल्लेखनीय योगदान गर्दै एनआरएनए राष्ट्रिय समन्वय परिषद् बहराइनका अध्यक्ष श्री राजु कुमार श्रेष्ठज्यूले प्रारम्भमा रु. ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकोमा आफ्नो प्रतिबद्धतालाई अझ फराकिलो बनाउँदै रु. २५ लाख राहत कोषमा सहयोग गर्नुभएको छ। राष्ट्रिय विपत्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै प्रतिबद्ध रकमभन्दा पाँच गुणा बढी सहयोग गर्ने उहाँको निर्णयले राहत तथा उद्धार अभियानमा थप उत्साह र प्रेरणा प्रदान गरेको छ।

त्यसैगरी, एनआरएनए एनसीसी यूएईका अध्यक्ष श्री भीम बहादुर मल्लज्यूले रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकोमा प्रतिबद्धताभन्दा बढी रु. ११ लाख ४३ हजार राहत रकम हस्तान्तरण गर्न लाग्नुभएको छ। उहाँले पनि राष्ट्रिय विपत्का बेला पीडित नेपालीहरूको साथमा उभिनुपर्ने जिम्मेवारीबोध गर्दै प्रतिबद्ध रकममा वृद्धि गरी सहयोग गर्नुभएको हो।

यसैगरी, एनआरएनए राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाका अध्यक्ष श्री उमेश भट्टराईज्यूले रु. ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएकोमा राहत रकममा थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रारम्भिक प्रतिबद्धताभन्दा थप सहयोग गर्ने उहाँको निर्णयले मध्यपूर्वबाट नेपालमा हुने राहत अभियानलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

त्यस्तै, मध्यपूर्वका अन्य एनसीसी तथा अभियन्ताहरूले पनि बैठकमा व्यक्त गरेको प्रतिबद्धताअनुसार सहयोग रकम हस्तान्तरण गरिरहेका छन्। उपलब्ध विवरणअनुसार यूएई, कतार, कुवेत, बहराइन, इराक, ओमान, साउदी अरेबियालगायतका देशमा रहेका एनआरएनए अभियन्ता तथा पदाधिकारीहरूबाट राहतका लागि उल्लेखनीय सहयोग प्राप्त भएको छ।

हालसम्मको विवरणमा यूएईबाट रु. २१ लाखभन्दा बढी, कतारबाट विभिन्न व्यक्तिहरू तथा पदाधिकारीमार्फत उल्लेखनीय रकम, बहराइनबाट रु. २५ लाख, ओमानबाट रु. १० लाख, साउदी अरेबियाबाट रु. ५ लाख प्रतिबद्धता, कुवेत तथा अन्य देशहरूबाट समेत सहयोग प्राप्त भएको छ। यस अभियानमा व्यक्तिगत रूपमा समेत एनआरएनए अभियन्ताहरूले आफ्नो क्षमता र प्रतिबद्धताअनुसार सहयोग गरिरहेका छन्।

एनआरएनए मध्यपूर्व संयोजक रमेश श्रेष्ठले राष्ट्रिय विपत्का बेला प्रवासमा रहेका नेपालीहरूबीचको एकता र सहयोगको भावना अझ बलियो बनेको बताउनुभएको छ। उहाँले संकटको समयमा राजनीतिक, भौगोलिक तथा अन्य सबै विभाजनभन्दा माथि उठेर “राष्ट्रिय विपत्मा हामी सबै एक ठाउँमा” भन्ने भावनाका साथ राहत तथा उद्धार अभियानमा सहभागी हुन सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई आग्रह गर्नुभएको छ।

नेपालमा जब–जब प्राकृतिक प्रकोप तथा राष्ट्रिय विपत् आइपरेको छ, गैरआवासीय नेपाली संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा उद्धारमा सहयोग गर्दै आएको छ। यसपटक पनि मध्यपूर्वका एनसीसी तथा अभियन्ताहरूले देखाएको सक्रियता, प्रतिबद्धताभन्दा बढी सहयोग गर्ने तत्परता र एकताले प्रवासमा रहेका नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी तथा भावनात्मक सम्बन्धलाई थप उजागर गरेको छ।

👉 अन्य सम्बन्धित खबरहरु

कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.