• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र १२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज

हरि खरेल by हरि खरेल
July 13, 2026
in स्थानीय समाचार
A A
0
भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज
Share on FacebookShare on TwitterEmail this

तनहुँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाईदै छ ।  वि.सं. १८७१ असार २९ गते जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पु¥याएका कारण उनी नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा सुपरिचित छन् ।

भानु जन्मजयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुदीँमा असार २७ देखि २९ गतेसम्म विविध कार्यक्रम आयोजना गरिएको छ ।

आचार्यको २१३औँ जन्मजयन्तीमा शुक्ला साहित्य सङ्गमको २२०औँ काव्य शृङ्खला

दुलेगौंडा । नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास प्रतिष्ठानको प्राङ्गणमा विविध साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएका छन्। भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको संयुक्त आयोजनामा खुल्ला कविता तथा रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ भने शुक्ला साहित्य सङ्गम, तनहुँले संस्थाको २२०औँ काव्य शृङ्खला पनि यही अवसरमा आयोजना गरेको छ।

खुल्ला कविता तथा रामायण वाचन प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका साहित्यप्रेमी तथा प्रतियोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रामायण वाचन प्रतियोगितामा सहभागीहरूले कुल १४४ श्लोक वाचन गर्दै आफ्नो वाचनकला प्रस्तुत गरेका थिए। आयोजकका अनुसार दुवै प्रतियोगिताको नतिजा निर्णायक मण्डलले प्राप्ताङ्कका आधारमा सार्वजनिक गरिएको हो।

खुल्ला कविता प्रतियोगितामा नारायणी अधिकारी १२९ अङ्कसहित प्रथम, सञ्चिता शर्मा ११० अङ्कसहित द्वितीय, राममाया श्रेष्ठ १०९.५ अङ्कसहित तृतीय तथा दयाराम पौडेल १०७ अङ्कसहित सान्त्वना स्थान हासिल गर्न सफल भए।

त्यसैगरी रामायण वाचन प्रतियोगितामा पुनम सुनार १२६ अङ्कसहित प्रथम, सुजाता पौडेल ११८ अङ्कसहित द्वितीय, सरस्वती डौलिया ११४.५ अङ्कसहित तृतीय तथा अवनी काफ्ले ११४ अङ्कसहित सान्त्वना घोषित भएका छन्।

यसैबीच, शुक्ला साहित्य सङ्गम, तनहुँले आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाको २२०औँ काव्य शृङ्खला भानुभक्त जन्मस्थल विकास प्रतिष्ठानको प्राङ्गणमा सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष जुनु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा संस्थाका संरक्षक शेषमणि आचार्य, कवि शिव त्रिपाठी तथा संस्थापक अध्यक्ष राजन रिमाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा शुक्ला साहित्य सङ्गमका सचिव यामप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो भने संस्थाकी वरिष्ठ उपाध्यक्ष सरस्वती सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
काव्य शृङ्खलामा सङ्गमसँग आबद्ध करिब ३० जना कवि तथा साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्यका कविता, रामायणका अंश तथा आफ्ना मौलिक सिर्जनाहरू वाचन गर्दै उहाँको नेपाली भाषा र साहित्यप्रतिको अतुलनीय योगदानको स्मरण गरेका थिए।

भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगिता, काव्य वाचन तथा साहित्यिक कार्यक्रमहरूले जन्मस्थललाई दिनभर साहित्यमय बनाएको थियो। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ।

👉 अन्य सम्बन्धित खबरहरु

कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

दुलेगौडा पुल्चोक सडक अवरुद्ध हुने

December 20, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.