दुलेगौंडा । स्याङ्जा र तनहुँको भुभागमा भएको छैठौं संस्करणको क्रसकन्ट्री दौडको उपाधि नेपाली सेनाका करण रावलले हात पारेका छन् । पाँचौं संस्करणको दौडमा समेत प्रथम भएका रावलले लगातार दोस्रो पटक उपाधि हात पारेका हुन् । करणले गतबर्षको भन्दा २२ सेकेन्ड अगाडि नै आफ्नो दौड पुरा गरेका छन् । उनले निर्धारित २५ किलोमिटर दुरी उनले १ घण्टा २७ मिनेट ३० सेकेन्डमा पारका थिए ।

यसैगरी २५ किलोमिटरको दौड १ घण्टा २९ सेकेण्ड १८ सेकेन्डमा पार गर्दै आर्मीका अर्जुन बुढा द्धितीय भएका छन् भने १ घण्टा ३१ मिनेट १७ सेकेण्डमा २५ किमि दुरी पुरा गर्दै संखुवासभाका जेन्जीङ शेर्पा तृतीय भए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएकाहरुले क्रमश ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै १० किलोमिटर महिला तर्फ आर्मीकी सृजना पाण्डे प्रथम, दैलेखकी द्रोपना कुमारी कठायत द्धितीय र भोजपुरकी अनिता राई तृतीय भए । सोही दुरीमा पुरुष तर्फ सल्यानका बविन योगी प्रथम, कपिलबस्तुका अजय पाण्डे क्षेत्री, र बाग्लुङका बादल कार्की तृतीय भए । उनीहरुले क्रमश : २० हजार, १५ हजार र १० हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष तर्फ पाँच किलोमिटर दुरीको छात्र/छात्रा दौड प्रतियोगितामा छात्रा तर्फ मेघराज मावि कास्कीकी एन्जिला जिटी प्रथम, तालबेसी मावि शुक्लागण्डकीकी सपना परियार द्धितीय र मेघराज मावि कास्कीकै रोशनी नेपाली तृतीय भईन् । छात्र तर्फ मकवानपुरका रोशन स्यानत्याङ्ग प्रथम, सुजन कार्की द्धितीय र विशाल राना तृतीय भए । उनीहरुले उनीहरुले क्रमश ८ हजार, पाँच हजार र तीनहजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।













