दुलेगौंडा । समाजसेवी एवम् लेखक खेमराज खनालकाे `जीवन बाेध´ कृति विमाेचन भएको छ । शुक्ला साहित्य सङ्गम तनहुँले एक कार्यक्रम विच खनालकाे कृति विमाेचन गरेकाे हाे ।

कृतिकाे समीक्षा साहित्यकार एवम् शिक्षक जनार्दन दाहालले गरेका थिए । कृतिभित्र रहेका विषयवस्तुले जीवनकाे आशय र तात्पर्य बाेलेकाे बताए । एउटै कृतिमा आध्यात्मिक ज्ञान खण्ड, कविता खण्ड, फुटकर ज्ञान खण्ड र कथा खण्ड समावेश गरेकाे हुदाँ कृतिलाई अझ ओझिलाे बनाएकाे बताए ।
कार्यक्रम बाेल्दै प्रा.डा विष्णुप्रसाद शर्मा सिर्जना कलाले जीवनलाई अमर बनाउने बताए । उनका अनुसार भावि पुस्तालाई पनि विगतका स्थितिबारे अवगत गराउन साहित्य वा कृति रचनाले सहयोग पुर्याउने बताए ।

शुक्ला साहित्य सङ्गमकी अध्यक्ष टुकादेवी आचार्यकाे सभापतित्वमा सम्पन्न कृति विमाेचन कार्यक्रममा संस्थाका संरक्षक शेषमणी आचार्य, संस्थापक अध्यक्ष राजन रिमाल, पूर्व अध्यक्ष आनन्द सुन्दर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन संस्थाकी सचिव जुनु खड्काले गरेकी थिइन् ।
खनालले यसअघि `सुन्तली´ कथा सङ्ग्रह प्रकाशन गरेका थियाे । दाेस्राे कृतकाे रूपमा खनालले जीवन बाेध प्रकाशनमा ल्याएका हुन् ।













