दुलेगौडा । शुक्लागण्डकी नगरपालिकामा सामुदायिक र संस्थागत विद्यालयमा अध्यापनरत अंग्रेजी शिक्षकहरुविच स्क्रयावल खेलका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अंग्रेजी शब्द भण्डार बृद्धि गराउने स्क्रयावल खेल विद्यार्थीका लागी महत्वपुर्ण भएकोले शुक्लागण्डकीमा विस्तार गर्न लागेको तालवेसी माध्यमिक विद्यालयका शिक्षक दामोदर रेग्मीले बताए । रेग्मीका अनुसार कक्षाकोठा भित्रै खेल्न सकिने स्क्रयावल खेलले बालबालिकामा सिकाइलाई स्थायीत्व गराउन अहम भूमिका खेलिरहेको छ ।
स्क्रयावल क्लव तनहुँका संयोजक एवम् ज्ञानवगैचा इङ्लिस बोडिङ स्कुलका भाईस प्रिन्सिपल विनोद पौडेलले सहभागि शिक्षकहरुलाई स्क्रयावलका बारेमा अनुशिक्षण गराउँदै नेपालमा स्क्रयावलको भविष्य निकै राम्रो रहेको बताए । उनले स्क्रयावल खेलका नियम, उत्पत्ति, नेपालमा यसको इतिहास र सम्भावनाका बारेमा प्रष्ट पारेका थिए । शुक्लागण्डकी नगरपालिका अंग्रेजी विभाग प्रमुख यशोदा तिवारीको समेत उपस्थिति रहेको उत्तः कार्यक्रममा सहभागि शिक्षकहरुले छिट्टै आफ्नो विद्यालयमा स्क्रयावल क्लव गठन गरि स्क्रयावलालाई अगाडि बढाउने समेत बताएका थिए ।
आगामी असोजमा मकवानपूर जिल्लाको हेटौँडामा ११ औँ स्क्रयावल च्याम्पियन सिपमा तनहुँ जिल्लाबाट ३ जना विद्यार्थीहरुले सहभागि जनाउने वताइएको छ ।













