दुलेगौंडा । माध्यमिक शिक्षा परीक्षामा ज्ञानबगैचा इङलिस बाेर्डाेङ्ग स्कुलले सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गरी शुक्लागण्डकीमै प्रथम भएको छ । जहाँ ज्ञानबगैचाले कुल ४२ विद्यार्थी मध्य ४० विद्यार्थी अर्थात् ९५.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
यसैगरी एसइइ परीक्षामै जनकल्याण माविले ४५ विद्यार्थीमा ४२ विद्यार्थी अर्थात् ९३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउदै नगरपालिकामा धेरै विद्यार्थी उत्तीर्ण गराउनेमा द्धितीय भएको छ ।
लिटल गार्डेनले ३६ विद्यार्थीमा ३३ विद्यार्थी अर्थात् ९१.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण तृतीय स्थानमा छ भने माउण्ट अन्नपूर्ण एकेडेमीले २२ विद्यार्थीमा १९ विद्यार्थी अर्थात् ८६.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउदै नगरपालिका धेरै विद्यार्थी उत्तीर्ण गराउनेमा सान्त्वना भएको छ ।
२०८१ चैतकाे ७ गतेदेखि सुरू भएकाे एसइइ परीक्षामा शुक्लागण्डकीबाट साधारण धारतर्फ १ हजार १६५ जना र प्राविधिक धारतर्फ ८१ जना विद्यार्थीले परीक्षा दिएका थिए ।